गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको हो ।

उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा संख्या थप्दा खुला प्रतिस्पर्धाबाट आउनेहरू धेरै हुने भएकाले दलित, मधेसीलगायत जातीय क्लस्टरहरूको उपस्थिति कम हुन सक्ने अवस्थालाई ध्यान दिइएको बताए ।

विशेष महाधिवेशनबाट आएका र अन्य सबै नेताहरूलाई पार्टीमा समान अवसरको महसुस गराउन उपसभापति तथा महामन्त्रीको संख्यामा केही समायोजनको अभ्यास गरिएको उनले बताए ।

सभापतिमा किशोर सिंह राठोर र राजेन्द्र खड्कीले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन २०, २०८३ मंगलबार  ८ : २८ बजे