काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार भन्दै खारेज गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनैपनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।
पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।










