हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरु)



काठमाडौं, असोज २५ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दशैं घरमा जमरा राखिएको हो ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहानै नित्यकर्म गरी बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ।

प्रकाशित मिति : आश्विन २५, २०८३ आईतबार  १ : ३५ बजे