कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि



काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारीका लागि भइरहेको मतगणनामा उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् ।

उपलब्ध मतगणनाको विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छ । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ९० मत प्राप्त गर्दा सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्र. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गर्नुभएको छ ।

उपसभापति (समावेशी) तर्फ बिनोद कुमार चौधरीले ८९६ मतसहित अग्रता लिएको छ । जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गएको छ ।

त्यस्तै, महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सर्वाधिक २ हजार ५५ मत प्राप्त गरेका छन्। उदयशमशेर राणाले १ हजार १५९, डा। सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा। सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् ।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गर्दै अग्रता लिएको छ । महालक्ष्मी उपाध्याय ‘डिना’ ले १ हजार ३९८ र रीता खनालले ३६५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : आश्विन २५, २०८३ आईतबार  ४ : ४९ बजे