एनपीएललाई आइसीसीले दियो आधिकारिक मान्यता



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)लाई आइसीसीले आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइसीसीले एनपीएललाई मान्यता दिएको हो।

आइसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघका सचिव पारस खड्काले जानकारी दिए।

क्यानले भनेको छ, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई आइसीसीले आधिकारिक रूपमा मान्यता दिएको छ। एउटा नयाँ अध्याय। अझ ठूलो मञ्च। नेपालका लागि गर्वको क्षण। यो एउटा लिगभन्दा धेरै माथिको कुरा हो। यो नेपाली क्रिकेटको अघि बढ्ने पाइला हो।ु

यससँगै आइसीसीको एसिया सम्मेलन पनि नेपालमा हुने भएको छ। क्यानका अनुसार मंसिर पहिलो हप्ता काठमाडौंमा आइसीसीको एसिया सम्मेलन आयोजना हुनेछ। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एनपीएलको फाइनलसहित दुई खेल हेर्ने क्यानले जनाएको छ।

प्रकाशित मिति : आश्विन ३०, २०८३ शुक्रबार  ७ : ५६ बजे