काठमाडौं । नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ ।
सधैँजसो तिब्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन्
। विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् ।










