काठमाडौ. । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले शनिवार र आइतवारको प्रदर्शनका क्रममा हिंसा र लुटपाट भएपछि शान्ति र सुव्यवस्था कायम गर्न आह्वान गरेका छन्।
राष्ट्रपति निवास रहेको इलिजी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई तनाव थप नबढाउन चेतावनी दिँदै भने, हामी सबैले क्रोध र लज्जा महसुस गरेका छौं ।
बढ्दो इन्धन मूल्य, महँगी तथा विद्यालयसहितका सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोधमा करिब ५ लाख ५० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए।
म्याक्रोँले आन्तरिक मामिलामन्त्री लराँ नुनेजको राजीनामा अस्वीकार गरेका छन्।
देशमा भड्किएको हिंसाका कारण मन्त्री नुनेज दबावमा थिए। विपक्षी दलहरूले पनि उनको राजीनामा मागिरहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार, नुनेजले आइतवार राजीनामा दिन खोजेका थिए, तर राष्ट्रपतिले निरन्तर नेतृत्वको आवश्यकता रहेको भन्दै उनलाई पदमै रहन आग्रह गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण भए पनि कतिपय स्थानमा हिंसा भड्किएको थियो।
म्याक्रोँले प्रदर्शनकारीहरूको वैध माग, तोडफोड, ध्वंस तथा लुटपाट बीच स्पष्ट भिन्नता हुनुपर्ने बताए।
फ्रान्सको इन्टेरिअर मन्त्रालयका अनुसार प्रहरीले हालसम्म करिब २,४०० जनालाई पक्राउ गरेको छ।
अनियन्त्रित हिंसालाई कुनै पनि हालतमा जायज ठहर गर्न नसकिने भन्दै फ्रेन्च राष्ट्रपतिले हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।
प्रदर्शनकारी कोही कालो पोशाकमा थिए त कतिले मास्कले अनुहार ढाकेका थिए। प्यारिस, मार्सीली लगायत अन्य सहरमा प्रदर्शन भएको थियो। कतिले कार तथा भवनहरूमा आगो लगाइदिएका थिए।
कालो पहिरन लगाएका, अनुहार ढाकेका केही दङ्गाकारीहरू प्यारिस, मार्सिली र अन्य सहरहरूमा पनि देखिएका थिए। उनीहरूले कार तथा भवनहरूमा आगजनी गरेका छन्।
आइतवार पनि प्यारिस र लियोनका केही क्षेत्रमा सानो तहमा प्रहरीसँग झडप र लुटपाट जारी थियो।
सयौँ प्रदर्शनकारीमाथि अश्रुग्याँस र श्टन ग्रीनेड प्रहार गरिएको समाचार एजेन्सी एएफपीले लेखेको छ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरेका थिए।
फ्रान्सको आधुनिक इतिहासकै सबैभन्दा खराबमध्ये एक मानिएको यस घटनाको प्रभाव देशभरका सहरहरूमा देखिएको छ।










