काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवी क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका हुन्।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो।
विराटनगरले भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो।










