प्रधानमन्त्रीसँगको छलफलपछि रवि लामिछानेले बढाए राजनीतिक भेटघाट, सभामुखसँग गरे भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। सभापति लामिछानेले सिंहदरबार पुगेर सभामुख डोलप्रसाद अर्याललाई भेटेका हुन् ।

सभामुखको सचिवालयका अनुसार सभापति लामिछाने र सभामुख अर्यालबीच करिब २० मिनेट भेटवार्ता भएको थियो । सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा जनाएको छ ।

यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच चार घण्टा लामो भेटवार्ता भएको थियो । प्रधानमन्त्री शाहसँग लामो भेटवार्ता लगत्तै लामिछानेले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने लामिछानेले राजनीतिक भेटघाट समेत बढाएका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०८३ बिहिबार  ७ : ०४ बजे