काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मलेसिया रोजगारी प्रकरणमा अनुसन्धानका क्रममा उनलाई भारतीय भूमिबाट प्रहरीले पक्राउ गरेको हो ।
अर्यालको पक्राउसँगै मलेसिया रोजगारी प्रकरणको अनुसन्धान थप उच्च तहका पदाधिकारीसम्म पुगेको छ ।
मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम असुली गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि लागेको छ ।
मलेसिया रोजगारी प्रकरणमा प्रहरीले यसअघि तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ ।
उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो _(सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।










