तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, मंसिर ८ । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  ११ : ४० बजे