नेपाली कांग्रेसको चुनाबि घोषणापत्र शनिबार सार्वजनिक हुदैछ।
कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो।
महामन्त्री विश्वप्रकाशको संयोजकत्वमा घोषणापत्र तयारी समितिको गठन भएको थियो। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा। गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलगायतले घोषणापत्र तयार गरेका हुन्।










