ललितपुर–१, कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे



ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन् ।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन् ।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ११ : ४१ बजे