सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याए । खड्का पाँच हजार चार सय ३९ मतान्तरले विजयी भए । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् ।
जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए ।










