हारे पनि जनताकै बीचमा रहनेछु नेता सिटौला



नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन् ।

झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निराश नहुन आग्रह गरे ।

“म संसद्मा नपुगे पनि यो क्षेत्रकोे विकासका लागि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माणलगायत काममा निरन्तर सहयोग गर्छु”, उनले भने, “विकास निर्माणलाई अगाडि बढाउन कांग्रेसलाई कसैले रोक्न सक्दैन ।” आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनालाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने नेता सिटौलाको भनाइ छ । उनले भने, “म सधैँ जनताकै बीचमा रहनेछु, रहन्छु ।”

प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार  ८ : २० बजे