एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं, २१ मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए ।

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  ६ : २९ बजे