पोखरा चैत, २९–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरका जनतामाझ पुर्याउनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्रको गुटउपगुट अन्त्य गरेर मात्रै विश्राम लिने बताएका हुन् । नयाँ वर्ष २०७६ को अवसरमा आयोजित कार्यक्रममा देउवाले नव वर्ष २०७६ को शुभारम्भसँगै पार्टी एकता हुनुपर्ने बताएका हुन् ।
यसअघि सभापति देउवाले बिहिबार पोखरामा आयोजित कोषाध्यक्ष्यहरुको भेलामा बोल्दै पार्टी एक गराएरै छोड्ने बताएका थिए । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १० महिनापछि पार्टीको १४ औँ महाधिवेशन गरी पार्टीले काँचुली फेर्ने उदघोष् गरे । यसअघि जिल्ला कोषाध्यक्षहरुको सम्मेलनमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले बोल्दै पार्टी एक गर्ने उदघोष् गरेका थिए । उनीहरुले कम्युनिष्टसँग जुध्नका लागि पार्टी एक हुनुको विकल्प नभएको बताएका थिए ।
सभापति देउवाले आफू पार्टी भित्रको सम्पूर्ण समस्या समाधान गर्न लागेको बताएका थिए । उनले पार्टी एक गराएर आगामि निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताएका थिए । त्यस्तै, महामन्त्री कोइरालाले सभापति देउवा र पौडेललाई पार्टी एकता गर्न आफूले के गर्नुपर्यो ? भनेर प्रश्न गरेका थिए । महामन्त्री कोइराला पछि बोलेका वरिष्ठ नेता पौडेलले पार्टीमा सबैलाई न्याय दिनसके मात्रै एकता हुने भन्दै पार्टी एकताका लागि केन्द्रीय कार्यालयमा बसेर पहल गर्न महामन्त्री कोइरालालाई आग्रह गरेका थिए ।








