पत्रकार महासंघको साधारणसभामा ६०० पत्रकार सहभागी



सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

साधारणसभा आज र भोलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार  १ : १३ बजे