काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् ।
सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।
नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।










