काठ्माण्डौ, एजेन्सि-
जर्मनिको प्रहरीले जर्मनिको ह्याम्बर्ग शाहरबाट एउटा सुनको जलप लगाएको कार नियन्त्रणमा लिएको छ ।
कारको बाहिरी भागमा सुनको जलप लगाइएको र त्यसको चमकको कारण सडकमा अन्य सवारी चलाउनेहरुलाई अफ्ठेरो भएपछी प्रहरीले उक्त कारका मालिकलाई सुनको जलप हटाएर मात्रै कार चलाउन भनेको थियो । प्रहरिको निर्देशन बिपरित कारका धनीले पुरानै अवस्थामा कार चलाए पछी कार प्रहरिले नियण्त्रणमा लिएको अन्तर -रास्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
उक्त कार पुरानै अवस्थामा चलाउदा त्यसको चमक ले सडकका अन्य गाडी चालकको आखा तिर्मिराएर दुर्घटनाको खतरा बढेकोले कार नियण्त्रणमा लिनु परेको प्रहरीले दाबी गरेको छ ।
कारमा लएको सुनको जलप हटाउन कार धनी तयार भएपछी प्रहरीले कारमा लगाइएको सुनको जलप हटाएर मात्रै चलाउने सर्तमा जरिवाना तिराएर छोडेको अन्तर-रास्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।










