काबुल प्रशासनलाई मान्यता नपाएपछि सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई



काबुल, २८ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ ।

सार्क नियम अनुसार, यो बर्ष नेतृत्व गर्ने पालो अफगानिस्तानको रहेको थियो । अफगानिस्तानपछि बङ्गलादेशको पालो रहेको थियो । अफगानिस्तानको तालिवान प्रशासनलाई सार्कले मान्यता नदिएको अवस्थामा बङ्गलादेशका वरिष्ठ कूटनीतिज्ञ गुलाम सरवरलाई आठ सदस्यीय क्षेत्रीय सङ्गठनको महासचिवमा नियुक्त गरिएको छ । सरवरले श्रीलङ्काकी एसाला रुवान वीराकुनको उत्तराधिकारीका रूपमा सकार्कको नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।

वीराकुनको तीन वर्षे कार्यकाल सन् २०२३ को फेब्रुअरीदेखि समाप्त भएको हो । दक्षिण एसियाली क्षेत्रीय सङ्गठनको महासचिवको रूपमा बङ्गलादेश सरकारले सरवरको नियुक्तिका लागि प्रस्ताव पठाएको र यसलाई सदस्य राष्ट्रहरूबीच छलफल गरिएको थियो ।

सार्कको मन्त्रिपरिषद्ले नयाँ महासचिव चयन का लागि व्यक्तिगत रूपमा बैठक गर्ने गरेको भए पनि यसपटक त्यो सम्भव नभएपछि नेपालका तर्फबाट भरतराज पौडेलले पाकिस्तानलगायत सार्क सदस्य राष्ट्रका तर अफगानिस्तानबाहेकका आफ्ना समकक्षीसँग गोलम सरवरको मनोनयनबारे छलफल गरी परिपत्रमार्फत अनुमोदनको प्रस्ताव गर्नुभएको थियो । प्रस्ताव सबै सदस्य राष्ट्रबाट अनुमोदित भएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सङ्गठनको महासचिवको रूपमा बङ्गलादेश सरकारले सरवरको नियुक्तिका लागि प्रस्ताव पठाएको थियो ।

सन् १९८५ मा स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० ले आफ्ना सदस्य राष्ट्रहरूको आर्थिक र सामाजिक विकासलाई अघि बढाउने काम गर्छ ।

अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सार्कका सदस्य राष्ट्र हुन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार  ८ : २३ बजे