चिनियाँ राष्ट्रपति सीले मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने



बेइजिङ, ३ चैत, (रासस/सिन्ह्वा) –चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएकाहुन् ।

भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  १ : ३९ बजे