पुटिनको घोषणाप्रति जी सेभनद्वारा निन्दा



उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका अतिरिक्त युरोपेली सङ्घ सदस्य रहेको उक्त मञ्चका विदेशमन्त्रीहरूको नागानोको कारुइजावामा भएको बैठकपछि रुसी राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाइएको हो ।

बैठकले रुसमाथि लगाइएका प्रतिबन्ध छल्न नदिन र तेस्रो पक्षबाट हुनसक्ने हतियार आपूर्ति रोक्न पारस्परिक समन्वयलाई सुदृढ तुल्याउन सहमति जनाउँदै आपसी एकतामा जोड दिएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार  २ : २२ बजे