नवनियुक्त मन्त्रीहरुले लिए शपथ



वैशाख २१, काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका थिए ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहिबार  ४ : ३१ बजे