टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन



वैशाख २७, काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । हाल फरार रहेका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरेको हो ।

नेकपा एमालेको सचिवालय बैठकले उनलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  २ : ०५ बजे