कांग्रेसले बालकृष्ण खाँडलाई तत्काल कारबाही नगर्ने



वैशाख २८,काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँडलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँडले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कुनै पनि मतभेद् नभएको बताए ।

उनले पक्राउ पर्ने बित्तिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटष्थ छानबिनको माग गरे ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहिबार  ८ : ३० बजे