काठमाडौँ, ६ जेठ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका छन्।
उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै जुनसुकै किसिमको छानबिनका लागि आफू र आफ्नो दल तयार रहेको बताए।
उनले आफू दोषी उम्काउने पक्षमा नरहेको भन्दै निष्पक्ष र तटस्थ ढङ्गले जाँच गरिनुपर्ने बताए।
उनले भने, “हामी सधैँ भ्रष्टाचारको विपक्षमा छौँ। छानबिन होस भन्ने पक्षमा छौँ। निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु। उम्काउने निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ किनभने यो कुरा भोलि अझ भयावह रूपमा निस्कन्छ।”
उनले थपे, “आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिँदैन। ९७५ जना मान्छेसँग पैसा उठाइएको छ। यो चानचुने कुरा होरु त्यसकारण यो भोलि पनि निस्कन्छ।”
उनले प्रमुख तीन दलका नेताहरू पटक पटक भेट गर्दा ूदुइटा नेता दूधमा नुहाएका र म चाहिँ ल न मेरा मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ गर्योू भन्ने खालका टिप्पणी भएका भन्दै ओलीले आफू ूभोकै मर्ने तर घाँस नखानेू बताए।
यसमा आफू नेतृत्वको सरकारलाई जोडेर आरोप लगाइएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार रहँदा शरणार्थी सम्बन्धी कार्यदल गठन गरिएको भए पनि आफ्नो बेलामा उक्त प्रतिवेदन समितिमा पठाउने बाहेक केही नगरेको दाबी गरे।
उनले भने, “मैले हेर्न पनि पाइनँ। त्यस बेला प्रतिवेदनमा भएका ४२९ जना वास्तविक शरणार्थी नै थिए। त्यसपछि कागज फेरियो। कभर चाहिँ उही राखियो व्यक्तिको सूची फेरियो। परिवर्तन गर्ने खोजौँ न।”










