जेठ ८,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतनत्रमाथि प्रश्न उठाएका छन् । सोमबार कैलालीको धनगढी पुगेका पूर्वराजा शाहले राज्यप्रति जनताको वितृष्णा बड्दै गएको भन्दै नयाँ नेपाल भनेको यहीँ हो भनि प्रश्न गरेका हुन्।
उनले नयाँ नेपाल भनेको यही हो रु भन्दै प्रश्न गरे । त्यस्तै अहिलेको नेतृत्वलाई के अग्रगामी भनेको परावलम्बी नेपाल हो रु भनी थप प्रश्न गरेका छन् ।
उनले आजको टड्कारो अवस्थालाई नदेखेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिदैन भनेका छन् ।
पूर्वराजाले भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिन पनि आग्रह गरेका छन् ।
उनले भने- ‘नेपाली जनतालाई आफ्नो भू – भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।’










