मोदिले भारतका किसान र बेरोजगार युबालाई बेवास्ता गरे : भारतिय कांग्रेस महासचिव गान्धि



काठ्माण्डौ,एजेन्सि-

भारतिय कांग्रेस महासचिव प्रियंका गांधीले प्रधानमंंत्री नरेंद्र मोदी र भाजपाले उठाउदै आएको राष्ट्रवाद माथी प्रश्न उठाएकी छिन । किसान, युवा, महिलाहरु र नागरिकहरुको आवाज सुनिदैन भने त्यो कस्तो राष्ट्रबाद ? महासचिव गांधीले मोदी र भाजपा माथी प्रश्न उठाएकी हुन ।

उत्तर प्रदेशको अमठीबाट चुनाब लडिरहेका आफ्ना भाइ एबम भारतिय कांग्रेस आइका अध्यक्ष राहुल गान्धिको चुनाब प्रचार प्रसारका क्रममा अमठी आइ पुगेकी गान्धिले भजपा र प्रधानमन्त्री मोदी माथी प्रश्न उठाएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।

उनले मोदी माठी जातिवादलाई बढ़ावा दिएको आरोप समेत लगाउदै मोदी र भाजपाले भारतका हजारौ किसान र बेरोजगार युबाको आवाजलाई बेवास्ता गरेको आरोप लगाइन ।

अमेठीमा राहुल गान्धीसग भाजपा उम्मीदवार स्मृति इरानीले प्रतिस्पर्धा गरी रहेकी छन ।

उत्तर प्रदेशको अमेठि,वायनाड लगाएतका क्षेत्रहरुमा यस अघी बाटै भारतिय कांग्रेस आइको प्रभुत्व रहेको छ त्यस क्षेत्रमा अन्य राजनितिक पार्टीहरुले चुनाब जित्ने सम्भाबना नहुने बताइन्छ ।

प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार  १ : ३५ बजे