काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले होरु’
अध्यक्ष ओलीले अहिले देशको अवस्था राम्रो नभएको र देशलाई नै ग्रहण लागेको जस्तो भएको बताउँदै भने, ‘दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ। त्यसरी नराम्ररी देश पछाडि परेको छ। साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो। अहिले कोभिडको मारले यता उता भनेको होइन। युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ। युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो कीरु के गरेको छरु अनि यहाँ युक्रेनका वारले हो प्रचण्ड जीले नदीहरू सित्तैमा दिएर आएकोरु’
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन।










