प्रधानमन्त्री प्रचण्ड र पुर्बप्रधानमन्त्री बाबुरामविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता



काठमाडौं, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

उनीविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको अदालत प्रशासनले जनाएको छ।

रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको छ।

रिटमा माओवादी केन्द्रले जनयुद्दमा बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप रहेको छ।

प्रकाशित मिति : जेष्ठ २८, २०८० आइतबार  ४ : ३७ बजे