बालुवाटारको सरकारी जग्गा हडप्ने बिरुद्द निष्पक्ष छनबिन र कार्बाही गर्न कांग्रेसको माग । 



वैशाख १७,काठ्माण्डौ-

नेपाली कांग्रेस ले बालुवाटारको सरकारी जग्गा अपचलन भएको बिशय प्रती ध्यानाकर्षण भएको जनाएको छ । पार्टिका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा अपचलन प्रकरणमा निश्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । जग्गा अपचलनको बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिएका प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेसले विज्ञप्ति मार्फत सबैमा अपिल गरेको छ ।

पार्टिका तर्फबाट प्रवक्ता शर्माद्वारा जारी विज्ञप्ति
वैशाख १७, २०७६
बालुवाटारको जग्गा प्रकरणमा प्रेस नोट
१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।
२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहो¥याउन चाहन्छ ।
३. बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ ।  दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।
४.  तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र  सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहो¥याउन चाहन्छ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार  १ : ४७ बजे