अमेरिकामा भेटिए दशकौ‌ पछि मलेरियाका बिरामी



काठमाडौ , १३ असार । अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन् ।अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन् ।दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ ।

अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन ।

पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ ।

टेक्सासमा दशकौंपछि मलेरियाका पाँच केस फेला परेका हुन । उनीहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : असार १३, २०८० बुधबार  १० : २७ बजे