प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौ,  २० असार । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ ।

८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ । 

प्रकाशित मिति : असार २०, २०८० बुधबार  ११ : ३९ बजे