ओडिशा रेल दुर्घटनाः सीबीआईद्धारा तीन रेल कर्मचारी पक्राउ



नयाँदिल्ली, २३ असार । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ ९हत्या नभएको अपराधी हत्या० अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

कानुको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजाँयमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ। यी तीनको लापरवाहीका कारण यति ठूलो दुर्घटना भएको स्रोतको भनाइ छ ।

बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेशनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो । बेंगलुरु(हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २९२ जनाको मृत्यु भएको थियो भने १००० भन्दा बढी घाइते भएका थिए ।

जसकाकारण बहनगा बजार स्टेशनमा कुनै पनि रेल रोकिने छैनन्, बहनगा बजार रेलवे स्टेशनबाट दैनिक लगभग १७० रेलहरू गुज्र्छन्।

 
 
जुन ३ मा ओडिशा ट्रिपल ट्रेन दुर्घटनाको सम्बन्धमा बालासोरको जीआरपीएसमा एफआईआर दर्ता गरिएको थियो। पछि, रेलमन्त्रीले घटनाको सीबीआई जाँचको माग गरे। केन्द्र सरकारको सहमतिपछि सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको थियो।

प्रकाशित मिति : असार २३, २०८० शनिबार  ५ : १६ बजे