शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप झनै बढ्यो : कांग्रेस युबा नेता प्रदिप पौडेल



लमजुङ-

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पछिल्लो समय शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप झनै बढेको र शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तर सुधार गर्न चुनौती थपिएको बताएका छन ।

नेपाल विद्यार्थी संघ लमजुङ कृषि क्याम्पसको विद्यार्थी स्वागत, बिदाई एर्व साँस्कृतिक कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय देखि सम्पूर्ण शिक्षा क्षेत्र नै राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै शिक्षा क्षेत्र सुधारका लागि आफ्नो मान्छे नभई राम्रो मान्छेलाई खूल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने बताए।

शिक्षा क्षेत्र बिग्रीदा देशलाईनै ठुलो असर पर्नेमा जोड दिदै नेता पौडेलले भने   भने, “अहिले नेकपाले शिक्षा र समग्र प्रशासनिक क्षेत्र नै आफ्नो कब्जामा लिएर नेकपा करण गरेको छ। खूल्ला प्रतिस्पर्धाको आधारमा भिसी छान्नुपर्छ, दलका कार्यकर्ता भएकै आधारमा उसलाई बनाउनु हुँदैन त्यो गलत हो।”

कार्यक्रममा  नेपाली काग्रेस लमजुङका सभापति भेस बहादुर पौडेल, पूर्व सभापति कृष्ण कोईराला, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष श्रीकान्त घिमिरे, सचिव हरि बराल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिर्ख गुरुङ, विद्यार्थी नेताहरु डील्लिराम सुबेदी, हरीहर शर्मा,  लगायतले आ आफ्नो धारणा राखेका थिय ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  ७ : २१ बजे