प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो



काठमाडौ,  २८ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । 


यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 


प्रकाशित मिति : असार २८, २०८० बिहीबार  ११ : ०८ बजे