विराटनगर-
, प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा भएको छ । सोमबार बसेको प्रदेश न. १ को प्रदेशसभा बठैकको मतदानपछि विराटनगर राजधानी घोषणा भएको हो । दुई तिहाई मत विराटनगरको पक्षमा खसेको थियो । नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारिले प्रस्ताव राखेका थिए । ९३ मत मध्ये ८६ मत प्राप्त विराटनगर राजधानी बनाउने पक्षमा झरेको थियो ।
मतदानमा प्रदेशसभा सदस्यहरु ज्योति सुब्बा (कांग्रेस), प्रतापप्रकाश हाङगाम (कांग्रेस), गणेश काङमाङ (नेकपा), रामचन्द्र लिम्बु (संघीय समाजवादी फोरम), अगमलाल चौधरी (कांग्रेस) र राधा थापा (संघीय समाजवादी फोरम) अनुपस्थित थिए ।
नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापि का लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहर र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने बेहोरोसहितको प्रस्ताव दर्ता गरेको थियो । यसको समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए ।
प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गरेका थिय । उक्त प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईले समर्थन गरे ।










