बैशाख २८, पोखरा-
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
कास्की जिल्लाको कास्किकोट्मा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अमर्यादित शब्द प्रयोग गर्ने, प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्ने बताएका हुन् ।
शनिबार नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीको कास्कीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सभामुखले रेकर्डबाट हटाउनु भनेकै प्रधानमन्त्रीको गल्ती भएको पुष्टि हुनु हो । अब प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ ।’
नेता पौडेलले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दललाई पेलेर जाने नीति लिए पनि त्यो सम्भब नभएको बताए ।
सरकार भ्रष्टाचार नियन्त्रण गर्न लाग्नुपर्नेमा उल्टै एक पछि अर्को भ्रष्टाचार काण्डमा फसेको पौडेलले आरोप लगाए ।








