बैशाख २९,काठ्माण्डौ-
काँग्रेस सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ”मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक” प्रेस माथी कु गर्ने उदेश्यबाट प्रेरित रहेको बताएका छन ।
आइतबार पार्टी कार्यालय बिपिनगर सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले कांग्रेसको पहिलो शर्त नै अभिव्यक्ति स्वतन्त्रतता भएको, प्रेस र अभिव्यक्तस्वतन्त्रता बिरोधी यस्तो बिधेयक स्वीकार्य नहुने भन्दै उनले संसदबाट बिधेयक फिर्ता गराउनु पर्ने बताए ।

सभापति देउवाले संसदभित्र र बाहिरबाट सरकारी बिधेयबिरुद्ध कांग्रेसले अभियान शुरु गर्ने उल्लेख गरे।
विधेयक जस्ताको तस्तै पारित भए त्यसले प्रेस स्वतन्त्रताको अन्त्य गर्ने बताए ।
बिधेयक प्रती लक्षित लक्षित गर्दै देउबाले भने ‘यस बाट सरकारको नियत प्रस्ट भएको छ,सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा छैन’
उनले सरकारले बिधेयक तत्काल फिर्ता लिनु पर्ने नभे सडक र सदन सबैतिरा आन्दोलन शुरु गर्ने चेतावनी दिए ।








