कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो



काठमाडौं, ७ भदौ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानून नदेखिएको बताएका हुन् ।उनले भने ,‘कानून भन्दा माथि बस्न संविधानले कसैलाई दिएको छैन तर व्यवहारमा भईरहेको छ । काठमाडौं ललिता निवास प्रकरणमा दुईजना पूर्व प्रधानमन्त्रीलाई घरमा गएर बयान लिने त्यो आम जनतालाई उपलब्ध हुन्छ कि हुँदैन् ? यो कस्तो कानूनी राज्य हो कि ठूलाबडाको लागि एउटा कानून र संविधान छ भनि पढ्न पाउँ ।’

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ४ : ३३ बजे