जिम्बाब्वेको दोस्रो कार्यकालका लागि मनानगाग्वा



काठमाडौ , १० भदौ । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मनानगाग्वाले ५२ दशमलव ६ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् । यद्यपी विपक्षीहरूले त्यहाँको मतदानमा व्यापक धाँधली भएको दाबी गरेका छन् र अन्तरराष्ट्रिय परिवेक्षकले पनि मतदान लोकतान्त्रिक मापदण्डभन्दा कम भएको बताएका छन् ।

सन् २०१७ मा पूराना शासक रोबर्ट मुगाबेविरुद्ध विद्रोह भएपछि उनलाई जिम्मेवारी प्रदान गरिएको थियो । जिम्बाब्वेका जनताले अझै पनि चर्को मूल्यबृद्धि, भोगमरी एवं हावापानीको त्रासदी झेलिरहेका छन् ।गोही जस्तै निर्ददीका रुपमा परिचित मनानगाग्वा जब जिम्बाब्वेका पहिलो राष्ट्रपति भए उनले आफ्नो देशका जनताका लागि नयाँ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्बाब्वेमा गत महिना विश्वमा सबैभन्दा उच्च मूल्यवृद्धि दर कायम भएको थियो । गत वर्षको तुलनामा यहाँको मूल्यवृद्धि १०१ दशमलव ३ प्रतिशत पुगेको थियो । यहाँ बेरोजगारी व्याप्त रहेको छ, यहाँ २५ प्रतिशतले मात्र औपचारिक रोजगारी पाएका छन् ।

मनानागाग्वाले मानवअधिकारको सुनिश्चितता गरे पनि पनि खोक्रो सावित भएको छ । यद्यपी मुगाबेको शासनकालभन्दा केही परिवर्तन भने भएको छ । आलोचकहरूका अनुसार ८० वर्षीय वृद्धले निर्वाचनको स्वच्छतामा बिमती जनाएका छन् । निर्वाचन जित्ने अनुमान लगाइएको विपक्षीलाई मतदानका समय व्यापाकरूपमा दबाइएको छ ।जिम्बाब्वे निर्वाचन आयोग (जेडईसी)का अनुसार मनानगाग्वाका मुख्य प्रतिद्वन्दी परिवर्तनका लागि नागरिक गठबन्धनका उम्मेदवार नेल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेको जनाएको छ ।

जेडईसीका अनुसार मनानगाग्वाले २ दमलव ३ मिलियन मत प्राप्त गरेका छन् भने चामिसाले १ दशमलव ९ मिनियन मत प्राप्त गरेका छन् । गरिब १६ मिनियन जनसंख्या भएको देशमा ६९ प्रतिशत जनता मतादाता रहेको निर्वाचन अयाोगले जनाएको छ । विपक्षीले मतदान धाँधली भएको दाबी गरे पनि संवैधानिक अदालतले भने नतिजालाई समर्थन गरेको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  १२ : २६ बजे