देशलाई रुवान्डा बनाउने खेल भइरहेको छ : सांसद न्यौपाने



काठमाडौं , १० भदौ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।


राष्ट्रिय सभाको आइतबारको बैठकमा, सांसद भगवती न्यौपानेले, देशलाई रुवान्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी छिन् ।‘बहुजात बहुधर्म बहुसंस्कति नेपालीको जे पहिचान छ त्यो हाम्रो गर्व हो अभिसाप होइन् जातिय सद्भावमा खलल पुग्ने् गरी जे गतिविधिहरु भैरहेका छन् । त्यो अत्यन्तै दुखद छ । आज कोशीमा पहिचानका नाममा जातिय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइहरेको छ । त्यसलाई उक्साउने काम गठबन्धनबाट भइहेको छ । त्यसलाई उक्साउने र अराजकतिर लैजाने काम भैरहेका छन् ।’ उनले भनिन् ‘मिलेर बसेका नेपालीहरुलाई जात जातका नाममा लडाँई गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहाँदैनौं । ’

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  २ : २३ बजे