काठमाडौं , १२ भदौ । राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासका निर्धारित लक्ष्यहरु प्राप्त गर्न अहिलेको कार्यगतिले नपुग्ने भन्दै, समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार दिगो विकास लक्ष्यसम्बन्धी राष्ट्रसङ्घीय शिखर सम्मेलन तथा भावी रणनीतिका सन्दर्भमा आयोजित संसदीय परामर्श गोष्ठीमा उनले दीगो विकासको लक्ष्यलाई हाँसिल गर्न नेपालको यहि गतिको कार्य प्रयाप्त नहुने बतए ।
तलदेखि माथिसम्मका सबै निकायले गम्भीर भएर लक्ष्य प्राप्तिमै ध्यान केन्द्रीत नगरे दिगो विकासको लक्ष्य पुरा गर्न नसकिने उनको भनाई छ ।‘यो अत्यन्तै गम्भीर विषय हो,र यसलाई निरन्तर छलफल,संवाद,अन्र्तक्रिया तलदेखि माथिसम्म सबै तहहरुमा अगाडि बढाउने,सचेत गराउने,हाम्रा सम्पूर्ण गतिविधिहरु यतातिर केन्द्रीत हुनुपर्ने आजको आवश्यकता हो ।’उनले नेपालमा दीगो विकास र सुशासन समितिनै बनाएको भएपनि विकासका लागि सरकार र योजना आयोगकै उल्लेख्य तादम्यता नमिलेको र त्यसमा बजेट विनियोजन गर्नलाई सरकारले गम्भीरता नदेखाएको प्रति प्रश्न गरे ।
‘नेपालमा दिगो विकास र सुशासन जस्तो महत्वपूर्ण समिति नै छ । यति महत्वपूर्ण समितिलाई नेपाल सरकारले योजना आयोगले के गरेको छ ? सबै कुरा हामी पूरा गर्दैै छौं भनेर मात्र हुन्छ ? अबौं बजेट अवण्डामा राखेर कुनचाँही दिगो विकासको लक्ष्य पूरा हुन्छ ? अबौं बजेट अवण्डामा राखेको छ, कुनै माग लिएर गयो भने यो अबौंबाट पछि गरौला अर्थमन्त्रीले भन्ने ! त्यो कुनचाँही दिगो विकासको लक्ष्यको लागि राखिएको हो ? यि सबै विषय गम्भीर हुन् यतातिर सरकार,संसद र हामी सबै गम्भीर हुन जरुरी छ ।’
उनले दिगो विकासको पन्ध्रौं योजनाको एक वर्षमात्र बाँकी रहँदा त्यसमा निर्धारित लक्ष्य हाँसिल गर्न नसके पनि २०३० सम्मको दिगो विकासको लक्ष्य पूरा गर्न सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताए । त्यस्तै उनले सरकारसँगै अन्य सबै क्षेत्रले आक्रामक भएर लक्ष्य प्राप्तिका लागि लान्ने हो भने नेपाल लक्ष्य प्राप्तिको नजिक पुग्न सकिने धारणा पनि राखे ।‘यदी यो लक्ष्य नेपालले प्राप्त गर्ने हो भने अहिलेको हिसाबले मात्रै पुग्दैन । यसलाई यति धेरै सक्रियतापूर्वक अगाडि बढाउनुपर्छ,सबै क्षेत्र तबमात्र यसको लक्ष्य पूरा गर्न नसके पनि नजिक पुग्न सकौला ।’
कार्यक्रममा राष्ट्रिय सभाको उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकासको लक्ष्यहरुको प्रगति मापनको सूचकांक र उपलब्धि नियमित रुपमा बाहिर आउनुपर्ने धारणा राखेकी छन् ।उनले अन्तराष्ट्रिय स्तरबाटै प्रतिवद्धता जनाएका दिगो विकास र सुशानसँग जोडिएका पक्षलाई लोकलरुपमा लैजानुपर्ने बताईन् ।उनले भनिन्,‘यो दिगो विकास र सुशासनको विषयहरुलाई लोकल्ली हाम्रो कल्चर ,प्रदेश र क्षेत्र विशेषमा एडप्ट गरेर लाने किसिमले हामीले कार्ययोजनाहरु कसरी बनाएर जादाँ राम्रो हुन्छ भन्ने विषयमा पनि सुझावहरुको अपेक्षा गरेको छु ।’














