माधव नेपाल निर्दोष हुनुहुन्छ भन्ने सावित भयो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताएका छन् ।

समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश आज सभालाई सम्बोधन गर्दै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उक्त प्रकरणमा उनलको संलग्नता नरहेको पुष्टि गरेसँगै नेता नेपाल निर्दोष सावित भएको बताएका हुन् ।

‘माधवजीको बारेमा पनि धेरै प्रश्न उठ्यो । के हो रु कसो हो रु भनिनै राखियो । पहिलो चोटी उहाँ निर्दोष हुनुहुन्छ भन्ने औपचारिक ढंगले सावित भयो । फेरि प्रश्न उठाउने ठाउँ रहेन । सिआईबीले के हो भनेर बयान लियो । अन्ततः मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दियो ।’ उनले भने, माधवजीलाई मात्र भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । अन्य कुनै षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो ।’

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  ६ : ५५ बजे