काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पर्यटन बिभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य शेर्पासहित पार्टीका १५ केन्द्रीय सदस्यलाइ विभिन्न विभागमा प्रमुख मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसको यसअघिको केन्द्रीय समिति बैठकले भदौ १५ भित्र पार्टिका सबै विभाग गठन गरिसक्ने निर्णय गरेको थियो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार तत्कालै विभाग गठन गर्न सभापति देउवा तयार नभए पनि महामन्त्रीद्वयको दबाबका कारण सभापति देउवाले विभाग गठनको थालनि गरेको कांग्रेसका एक नेताले जानकारि दिए । पार्टिका अन्य सबै विभाग छिटै गठन गर्न सभापति देउवामाथि दबाब रहेको उनले बताए ।















