केन्द्रीय सदस्य थपलिया उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास बिभाग प्रमुखमा मनोनित



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) ले उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास बिभाग प्रमुखको जिम्मेवारी पाएकी छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य थपलियासहित पार्टीका १५ केन्द्रीय सदस्यलाइ विभिन्न विभागमा प्रमुख मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको यसअघिको केन्द्रीय समिति बैठकले भदौ १५ भित्र पार्टिका सबै विभाग गठन गरिसक्ने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार तत्कालै विभाग गठन गर्न सभापति देउवा तयार नभए पनि महामन्त्रीद्वयको दबाबका कारण सभापति देउवाले विभाग गठनको थालनि गरेको कांग्रेसका एक नेताले जानकारि दिए । पार्टिका अन्य सबै विभाग छिटै गठन गर्न सभापति देउवामाथि दबाब रहेको उनले बताए ।

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  १० : ०६ बजे