काठमाडौं , १८ भदौ । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा स्वीकृत गरेसंगै प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरु संसदमा ल्याउने प्रतिवद्धता जनाए ।प्रधानमन्त्री दाहालको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रतिवेदन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै एक साता पछि बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।














