काठमाडौं , २१ भदौ । सभामुख देवराज घिमिरेले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् ।यसअघि हिजो बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । उपचारका लागि टिचिङ अस्पताल लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको भन्दै चर्को आलोचना भएको थियो ।














