महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय तत्काल हट्दैन् : मन्त्री बस्नेत



काठमाडौं , २१ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले, दार्चुला सदरमुकामको महाकाली नदी नियन्त्रण कार्यालय हटाउन लागिएको भन्ने कुरा सत्य नभएको बताएका छ ।


आज प्रतिनिधि सभामा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगतको प्रश्नोत्तरमा सांसद दिलेन्द्र बडुले सोधेको दार्चूला जिल्लाको सदरमूकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय योजना अनुसारको काम पूरा नहुँदै, हटाईदैँ छ भन्ने कुरा सत्य हो ? प्रश्नमा उनले तत्काल कार्यालय नहट्ने प्रष्ट पारेका हुन् ।उनले भने ‘दार्चूला जिल्लाको सदरमूकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय महाकाली आयोजनाको काम पूरा नभएर त्यहाँबाट सारिदैँन् । ’२०७० मा आएको बाढिका कारण महाकाली नदी नजिकको क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ५ : ५५ बजे